हिपमत डटकम

शुक्रबार, फाल्गुण २१, २०७७ || 866  पटक पढिएको

टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जना सैनिकको मृत्यु भएका छ भने २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सेनाको नियमित गस्तीका बिंगोल प्रान्ततर्फ उडेको हेलिकोप्टर दुर्घटनाको कारण भने खुलिसकेको छैन ।

मृत्यु हुनेमध्ये सुनाका उच्च अधिकारीसमेत रहेको बताइएको छ । सन् २०१७ मा पनि सिरिया र इराकसँगको टर्कीको सीमा क्षेत्र नजिकै दक्षिण पूर्वी सिरनाक प्रान्तमा हेलिकोप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!