हिपमत डटकम

शुक्रबार, फाल्गुण २१, २०७७ || 660  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन्।

आज दिउँसो १ बजे प्रचण्ड-नेपाल र कांग्रेसले बेग्लाबेग्लै स्थानमा संसदीय दलको बैठक राखेका छन्।

नेकपा प्रचण्ड-नेपाल पक्षले अपरान्ह १ बजे सिंहदरबारमा बैठक बोलाएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन्।

२३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुन भनेर प्रचण्ड-नेपालले बैठक बोलाएका हुन्।

प्रधानमन्त्री केपी ओली पक्षले प्रमुख सचेतक देवप्रसाद गुरुङलाई कारबाही गरेर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएको छ।

प्रचण्ड-नेपाल समूहले भट्टराईलाइ ६ महिनाको लगि पार्टीबाट निलम्बन गरेको छ।

त्यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वालाई समेत स्थायी कमिटीबाट छ महिनाको लागी निलम्बन गरेको छ।

सो समूहले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ।

नेकपाका १ सय ७४ सांसदमध्ये १ जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटको दलीय हैसियत रहँदैन। नेकपामा कायम रहेका प्रतिनिधि सभाका १ सय ७२ सांसदमध्ये प्रचण्ड-नेपाल समूहमा ८७ जना सांसद छन्।

ओली समुहमा ८३ जना रहेका छन्। दुई जना सांसद कतै खुलेका छैनन्।

त्यस्तै राष्ट्रिय सभामा नेकपाका ५० संसद छन्। राष्ट्रिय सभामा अध्यक्ष बाहेक ४९ जना नेकपा सांसद रहेका छन्। जसमध्ये २४ जना प्रचण्ड-नेपाल समुहमा छन् भने २४ जना ओली समुहमा छन्।वामदेब गौतम भने कतै खुलेका छैनन्।

यस्तै कांग्रेस संसदीय दलको बैठक पनि आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। आजको बैठकमा आगामी रणनीतिबारे छलफल हुने कांग्रेसले जनाएको छ। प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!