हिपमत डटकम

बिहिबार, फाल्गुण २०, २०७७ || 477  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली र फागुनबीच अनौठो संयोग जुरेको छ । फागुनमा जन्मिएका ओलीले प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालको सुरुवात फागुनमै गरेका थिए । ओलीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीका रुपमा सत्ता सम्हालेका थिए ।

प्रधानमन्त्री ओलीले फागुनमै सिके राउतलाई मूल धारको राजनीतिमा ल्याएका थिए । तराई मधेसमा पृथकतावादी गतिविधि गर्दै आएका राउतलाई ओली सरकारले २०७५ फागुन २४ गते ११ बुँदे सहमति गर्दै राष्ट्रिय राजनीतिको मूल धारमा ल्याएको हो ।

यतिमात्र होइन, ओली सरकारले विप्लव समूहमाथि फागुनमै प्रतिबन्ध लगाएको थियो । २०७५ फागुन २८ गते सरकारले विप्लव समूहमाथि राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

विप्लव समूहलाई ओली सरकारले फागुनमै सहमतिमा ल्याएको छ । दुवै समूहले फागुनमै वार्ता टोली गठन गरेका थिए भने २०७७ फागुन २० गते सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको हो । ओलीको समर्गौला प्रत्यारोपण पनि फागुन मै भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!