हिपमत डटकम

बुधबार, फाल्गुण १९, २०७७ || 574  पटक पढिएको

बुधवार प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस र दाहाल–नेपाल समूहले मिलेर दर्ता गर्नु पर्ने नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बताएका छन् । उनले पत्रकारहरुसंग कुरा गर्दै नेपाली कांग्रेसले दाहाल–नेपाल समूहसँग मिलेर अघि बढ्नु पर्ने धारणा राखेका हुन् ।

प्रतिनिधिसभा सदस्य समेत रहनु भएका महामन्त्री डा. कोइरालाले यदि नेकपा आफैमा विभाजन हुन्छ भने नेपाली कांग्रेस सरकारमा जानको अर्थ नहुने बताएका छन् । उनले “नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । यदि नेकपा आफै फुटिहाल्छ भने सरकारमा गएर पनि केही उपलब्धि हुँदैन ।” भन्दै सबभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!