हिपमत डटकम

शनिबार, फाल्गुण १५, २०७७ || 628  पटक पढिएको

वासिङटन पोस्टका साउदीस्थित रिपोर्टर जमाल खसोगीको हत्यामा साउदी राजकुमार मोहम्मद बिन सलमानको संलग्नता रहेको खुलासा एक अमेरिकी रिपोर्टले गरेपछि तरंग उत्पन्न भएको छ । यस छानविन रिपोर्टअनुसार खसोगीको हत्याका लागि राजकुमार मोहम्मदले नै अनुमति दिएका थिए । राजकुमारले खसोगीलाई साउदी अरबको खतरा मानेको रिपोर्टमा उल्लेख छ ।

टर्कीको इस्तानबुलस्थित युएईको दूतावासमा अक्टुबर २०१८ मा खसोगीको हत्या भएको थियो । उनको शव अहिलेसम्म पनि फेला परेको छैन ।

यदी अमेरिकाले खसोगी हत्या मामिलामा साउदीलाई आरोपित ग¥यो भने मध्यपूर्वको सबैभन्दा शक्तिशाली र धनी देशसँग अमेरिकाको सम्बन्ध बिग्रनेछ । किनकी, साउदीका राजा सलमान ८५ वर्षका भइसकेका छन् र राजकुमार सलमान यहाँ निकै शक्तिशाली मानिन्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राजा सलमानसँगको वार्तामा राजकुमार सलमानसँग जोडिएको यस विषयमा चर्चा गरेको पनि बताइएको छ । यद्यपी, ह्वाइटहाउसले यस वार्तालाई सामान्य भनेको छ ।

अमेरिका, साउदी अरब, युएई र इजरायलका लागि ईरान सबैभन्दा ठूलो खतरा हो । यदी बाइडेन प्रशासनले साउदी सरकारलाई चिढ्यायो भने यसको मुल्य चुकाउनुपर्ने हुनसक्छ । मध्यपूर्वमा साउदी अरब बिना अमेरिका अघि बढ्न सक्दैन । यहाँ उसका धेरै सैनिक अखडाहरु छन् ।

यसैबीच अमेरिकी गुप्तचर रिपोर्टलाई साउदी अरबको सरकारले ठाडै अस्विकार गरेको छ ।

साउदी अरबको विदेश मन्त्रालयले यो विषयमा बयान जारी गरेको छ । यो बयानमा भनिएको छ, ‘साउदी सरकार जमाल खग्गोसीको मामिलामा अपमानजनक र गलत निष्कर्षसम्म पुगेको अमेरिकी रिपोर्टलाई ठाडो अस्विकार गर्दछ । हामी यो रिपोर्ट खारेज गर्दछौं । यो रिपोर्टमा गलत निष्कर्ष निकालिएको छ ।’

साउदी अरबको विदेश मन्त्रालयले भन्यो, ‘यो एक नकारात्मक र नक्कली रिपोर्ट हो । हामीले यो विषयमा पहिले नै भनिसकेका छौं कि यो एक संगीन अपराध थियो जसमा साउदी अरबको कानून मूल्यको उल्लंघन गरिएको छ । हाम्रो सरकारले यो मामिलाको अनुसन्धानको लागि कडा कदम उठाएका थिए ता कि न्याय मिलोस् । यसमा समावेश मानिसहरुलाई दोषी ठहर गरियो र अदालतले उनीहरुलाई सजाय पनि दिएको थियो । अदालतको सजायलाई जमाल खग्गोसीको परिवारले पनि स्वागत गरेको थियो । हामीले त्यो हरेक आवश्यक कदम उठाएका छौं जसले यस्तो अपराध पुनः नहोस् भनेर सुनिश्चित गर्न सकोस् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!