बीरेन्द्रकुमार साह

बिहिबार, फाल्गुण १३, २०७७ || 1391  पटक पढिएको

मोडलिङ्गमा आफ्नो करियर बनाउन वर्षेनी हजारौंको संख्यामा युवा युवतिहरु यस क्षेत्रमा लाग्ने गरेको छ । अथक मेहनत र वर्षौंको संघर्ष पश्चात केहि मात्रले अफ्नो स्थान बनाउन सफल हुन्छ । ती मध्ये एक हुन झापा जिल्लाको बिर्तामोडकि मनिषा रत्न । विगत १ वर्ष देखि मोडलिङ्गमा संघर्षरत मनिषा रत्न को संघर्षको विषयमा हिपमतकर्मी बिरेन्द्र कुमार साहले गरेको कुराकानीको संपादित अंश ।

. मोडलिङ्गमा कहिले देखी लाग्नु भयो ?
हुनतः म सानै देखि कलाकार बन्न चाहन्थे, स्कुल पढदा देखि नै म अभिनय गर्थे, गीता गाउथे ,फेशन शो जस्ता कार्यक्रमहरुमा सहभागि हुन्थे तर औपचारिक रुपमा काम गरेको एक वर्ष भयो । वाल्यकालमा कलाकार बन्ने र एउटा सफल गायक बन्ने रहर नै मेरो लक्ष्य थियो र त्यही पुरा गर्न विगत एक वर्ष देखि संघर्ष गरी रहेकि छु । यो एक वर्षमा मैले धेरै अनुभव पाएको छु । देश बिदेशमा रहनु हुने नेपालिहरुको माया पाएको छु र मायाको सम्मान गर्न सधै संघर्ष गरि रहन्छु ।

यो क्षेत्रमा लागेर के पाउनु भयो के गुमाउनु भयो ?
अहिले सम्म गुमाएको जस्तो मलाई केहि लागेन । पाउन चाहीं धेरै नै पाएको छु । सोंचे भन्दा बढी नै पाएको छु । नाम र दाम त आफ्नो ठाउँमा छदैछ तर, त्यो भन्दा पनि बढी दर्शकको माया, वहाँहरुले दिनु भएको सम्मान मेरो लागि ठुलो उपलब्धी हो । एउटा कलाकारको लागि दशर्कको माया भन्दा अरु के चाहिन्छ ? मेरो लागि त्यो नै सब भन्दा ठुलो उपलब्धी हो । अनि मैले मेरो घर परिवारको माया पहिलेभन्दा झन् अहिले अलिक बढी पाएको छु।

. कुनै ठूलो अफर जुन तपाईलाई मन नपरेर नगरेको ?
अफर त धेरै आयो धेरै जनाले मलाई गीत गाउँन भन्दै अफर दियो तर धेरै जनाको नियत मैले ठिक देखिन। अहिले पनि मा बिर्तामोडको एक क्याफेमा गीत गाउछु प्राय गीता सुन्न धेरै मानिसहरु आउनुहुन्छ धेरै जनाले मलाई चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्न पनि भन्नु भयो तर मैले मानिन अहिले मा सिक्दै छु अझै मिहनेत गर्छु अनि मात्र काम गर्छु।

. यस क्षेत्रमा नयाँ कलाकारलाई टिकी रहन कतिको समस्या छ ?
समस्या भन्दा पनि कलाकारको आफ्नो सोंच, आफ्नो अभिनय र आफ्नो कार्य प्रति ध्यान दिनु जरुरी छ । यस क्षेत्रमा नयाँ पुरानो केहि हुँदैन । मात्र उसको कार्य दक्षता र अभिनय नै बलियो आधार हुन्छ । किनभने कलाकारको लागि दर्शक नै सबभन्दा ठुलो हो । वहाँहरु हरेक कुरा छुटयाउनु हुन्छ र दर्शकको निर्णय नै अन्तिम निर्णय हुन्छ । त्यसैले यस क्षेत्रमा कहिले घमण्ड गर्नु हुदैन । आफ्नो करियर माथी लगनशिल भएर मेहनत गर्नु पर्छ ।

. अहिलेसम्म प्रेममा पर्नु भएको छ ?
यो संसारमा माया बिना को नै बाचेको छ र ? सबैलाई माया चाहिन्छ, सबैलाई प्रेम चाहिनछ तर, विहेगर्नको लागि आफ्नो जीवन साथीको लागि जुन प्रेमको तपाइँ कुरा गर्नु भएको छ त्यो अहिले भएको छैन । राम्रो साथी (केटा) भेटाए उहीं पछि जीवन साथी पनि हुनसक्छ ।

सेक्सको विषयमा तपाईको धारणा के छ ?
सेक्स एउटा शारिरीक क्रिया हो । यसलाई ठूलो इस्सुको हिसाबमा लिनु हुदैन तर पनि मैले अहिलेसम्म अनुभव लिएको छैन लिए भने सुरुमा तपाईलाई नै सुनाउछु हा हा हा।

. तपाई आफुलाई मोडलिङ्गमै सिमित हुने हो की अरु केही सपना छ तपाईको ?
म प्रायः सपना कै दुनियामा नै हुन्छु । अनगिन्ति सपनाहरु छन् मेरा तर, अहिले त्यो भन्दिन । पुरा हुँदै जाँदा सबभन्दा पहिला तपाईलाई नै भन्छु । मलाई सनाइदेखि एउटा कुशल गायक बन्ने रहर थियो अब मा मेरा गीतहरु पनि बिस्तारै बजारमा ल्याउने छु।

. घर गृहस्तीको विषयमा केहि सोच्नु भएको छ ?
होइन, अहिले त्यस्तो केही सोंचेको छैन । किनभने अहिले मलाई मेरो करियरमा ध्यान दिनु जरुरी छ । आफ्नो सपना साकार पार्नु छ । तर, मलाई बुझ्ने, म माथी विश्वाश गर्ने, मलाई माया गर्ने र मेरो कामलाई साथ दिने मान्छे भेटायो भने पछि केहि सोच्न सकिन्छ ।

. अन्तयमा के भन्न चाहनु हुन्छ ?
सब भन्दा पहिला त म मेरो कामलाई माया गर्ने सम्पूर्ण दशर्क, प्रशंसक, शुभेच्छुकलाई धन्यवाद दिन चाहन्छु । साथै सबै संग के आग्रह गर्न चाहन्छु भन्ने सबैलाई माया गर्नुस्, आदर गर्नुस, सकिदैन भने कसैलाई कुभलो नचिताउनुस्, कसैलाई नराम्रो नगर्नुस र नभन्नुस् यही मेरो आग्रह हो । अन्तयमा मेरो बारेमा यति राम्रो लेखिदिनुहुने मित्र बीरेन्द्रकुमार साह तथा हिपमत डटकम परिवारलाई धेरै धेरै धन्यवाद छ ।

हेर्नुस तस्बिरहरु

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!