सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग गरेका प्रचण्ड माधव समुहले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीको अफर गरेको बुझिएको छ । बुधवार देउवा निवास बुढानिलकण्ठमा भेट गर्न गएका प्रचण्ड नेपालले देउवालाई यस्तो प्रस्ताव गरेका हुन् ।

नयाँ राजनीतिक परिवेशमा आफुहरु प्रधानमन्त्री नबन्ने सार्वजनिक अभिब्यक्ति दिएका पचण्ड नेपालले देउवालाई प्रधानमन्त्री बन्ने अफर लिएर गएको स्रोतले जनाएको छ । सर्वोच्चको फैसला पछि चितवनमा आमसभा समेत सम्बोधन नगरी हतारमा काठमाडौ आएका उनीहरु बिहान देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।

देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव ‘अफर’ गरेका हुन् । नेकपा उच्च स्रोतकाअनुसार तीन नेताबीच झण्डै ४५ मिनेट भएको छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने बताएका थिए ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले पनि छलफल सकारात्मक भएको प्रतिकृया दिएका छन् । उनले नेताहरुबीच समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको आफुले पाएको बताए । प्रचण्ड र माधवको प्रस्तावमा देउवा पनि सकारात्मक भएको बताइएको छ । उनले पार्टीका अन्य नेताहरुसंगको छलफल पछि निर्णय दिने आश्वासन प्रचण्ड नेपाललाई दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!