हिपमत डटकम

बुधबार, फाल्गुण १२, २०७७ || 638  पटक पढिएको

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा लुम्बिनी प्रदेश इञ्चार्ज युवराज ज्ञवालीले अब मिलिजुली सरकार बन्ने बताएका छन्।

बुधबार संक्षिप्त कुरा गर्दै ज्ञवालीले नेपाली कांग्रेसलगाएतका दलसँग मिलेर मिलिजुली सरकार निर्माण हुने जानकारी दिए।

‘लाज सरम भए प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ,’ नेता ज्ञवालीले भने, ‘यदि उहाँले राजीनामा दिनु भएन भने संसदमा अविश्वासको प्रस्ताव पेश गरी बहुमतले फ्याँक्नेछौं।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरि १३ दिन भित्र संसद अधिवेशन बस्न आदेश गरेबमोजिम आफूहरूले सदनको तयारी समेत गर्ने उनले जानकारी दिए।

‘म अहिले नेपालगञ्जमा छु र मलाई तुरुन्त काठमाडौं आउन भनिएकाले तत्काल काठमाडौं जाँदै छु,’ ज्ञवालीले भने, ‘अब नेपाली कांग्रेसलगायतका दलसँग छलफल गरेर अगाडि बढ्ने हो।’

लुम्बिनी प्रदेश सरकार बारे के हुन्छ? भन्ने प्रश्नमा उनले प्रतिनिधि सभा बैठक बसेपछि केन्द्रमा जस्तो माहोल बन्छ प्रदेशमा पनि त्यहीँ अनुसारको हुने तर्क गरे।

‘केन्द्रमा मिलिजुली सरकार बने अहिलेको प्रदेश सरकारहरू पनि बहुमत शिद्ध गर्न नसके स्वत: परिवर्तन हुनेछन् ,’ पूर्व मन्त्री समेत रहेका ज्ञवालीले भने, ‘त्यहीँ मिलिजुली सरकारलेनै अबको दूई वर्ष पछाडि निर्वाचन गर्नेछ।’

प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्चको निर्णय ऐतिहासिक र जनताको पक्षमा भएको भन्दै उनले खुसी साटे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!