हिपमत डटकम

बुधबार, फाल्गुण १२, २०७७ || 613  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा अलिकति पनि नैतिकता नभएको टिप्पणी गरेका छन् ।

आज प्रचण्ड–नेपाल समूहको सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता हुन्थ्यो भने सर्वोच्चको फैसला आउने वित्तिकै राजीनामा दिनुपर्थ्यो भने ।

जनताको पक्षमा सर्वोच्चले फैसला गरेको भन्दै रावलले अझै पनि केपी शर्मा ओलीले राजीनामा दिँदैनन् भने १३ दिन भित्र संसद शुरु गरेर त्यहीँबाट उनीमाथि कारबाही गरिने बताए ।

उनले सर्वोच्चले विघटन बदर गरेर नेपालको संविधान, लोकतन्त्र र जनमतको पक्षमा ऐतिहासिक फैसला गरेको पनि बताए । नेपालको संविधानको अपव्याख्या गरी देशलाई दुर्घटनातर्फ लैजान खोज्ने ओलीको योजना विफल भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!