
पारिवारिक वि वा दमा कञ्चनपुरमा एक वृद्धले ज्यान गुमाउनु परेको छ । घरायसी विवाद उग्र हुँदै गएर बुहारी र सासु मिलेर वृद्ध माथि जाइ लाग्दा उनको ज्यान गए को हो । ७६ वर्षका वृद्धको कुटाइ सहन नसकेर निधन भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–२ पशुपती टोल बस्ने ३५ वर्षीया सिता थापा र उनका छोरा १८ वर्षीय अर्जुनले बृद्ध ससुरालाई कुटे का हुन् । ७६ वर्षीय प्रेम थापाको निधन भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाका अनुसार माघ २८ गते घरायसी विवादका क्रममा थापामाथि चिर्पटले हाने का थिए । बृद्धलाई गम्भिर अवस्थामा अस्पताल लगिएको थियो ।
घाइते थापाको उपचारका क्रममा सोमबार महाकाली अस्पतालमा निधन भएको प्रहरी नायब उपरीक्षक थापाले बताए। उनको निधन पछि बुहारी र नातीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।