हिपमत डटकम

मंगलबार, फाल्गुण ११, २०७७ || 641  पटक पढिएको

बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका नागरिकलाई प्रदेश प्रमुखले उद्धार गरेका छन्। जनकपुरधामबाट बाराको जितपुर गईरहेका प्रदेश २ का प्रमुख राजेश झाले दुर्घटनामा परि छट्पटाई रहेका ४ जना व्यक्तिलाई उद्धार गरि अस्पताल पठाएका हुन्।

‘जितपुरमा सैनिकको एउटा कार्यक्रम थियो त्यसमा सहभागी हुन जाँदै थिएँ,’ प्रदेश प्रमुख झाले भने, ‘यतिकै निजगढको जंगलमा दुर्घटना पछि घाईते भएकाहरू सडक छेउमा छट्पटाई रहेका थिए, त्यसमध्ये एक जना बच्चा पनि थिए उनीहरुलाई तुरुन्त उद्धार गरी उपचारका लागि चन्द्रनिगाहापुरस्थित अस्पतालमा पठाए।’

उनले आफ्ना लागि नागरिकको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको समेत बताए।

प्रदेश प्रमुख झाले घाईतेको साथमा आफ्ना एक जना सुरक्षाकर्मीसमेत पठाएका थिए। ‘मेरा लागि नागरिक सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय हो,’ उनले भने, ‘त्यसैले कार्यक्रममा केही ढिलो गरी पुगे पनि घईाइतेको उद्धार गर्न पाएँ।’

 

यसअघि सहरी विकास मन्त्री प्रभु साहको गाडीले एक स्थानीयलाई ठक्कर दिएर घाइतेलाई अलपत्र पारीभागेका थिए।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!