हिपमत डटकम

शुक्रबार, फाल्गुण ०७, २०७७ || 530  पटक पढिएको

भारतको जम्मू–काश्मिरस्थित श्रीनगर शहरमा शुक्रबार गोली चल्दा दुई स्थानीय प्रहरी मारिएका छन् । प्रहरीकाअनुसार श्रीनगर शहरको बागत चोक इलाकामा प्रहरीको पार्टी चलिरहेका बेला गोलाबारी भएको हो । दुुई जनाको मृत्यु भएको र दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते प्रहरीलाई अस्पताल पठाइएको छ । आक्रमणपछि घटनास्थललाई घेरेर प्रहरीले सबैको खानतलासी गरेको छ । २४ सदस्यीय राजनीतिक प्रतिनिधिमण्डल काश्मिरको दुई दिने यात्रा गरेर फर्किएको भोलिपल्टै प्रहरीमाथि हमला भएको हो । यसअघि दुई अलग मुठभेडमा प्रहरीको गोली लागेर काश्मिरको शोपिया र बडगाम जिल्लामा तीनजना आक्रमणकारी मारिएका थिए, यसक्रममा एक प्रहरीको मृत्यु भयो भने भने अर्का एक घाइते भए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!