हिपमत डटकम

शुक्रबार, फाल्गुण ०७, २०७७ || 715  पटक पढिएको

प्रचण्ड-नेपाल समूहका नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ‘गुण्डागर्दी’ चलिरहेको आरोप लगाएका छन्।

बाराको सिमरामा आज कार्यकर्ता भेटघाटको क्रममा अध्यक्ष दाहालले उक्त आरोप लगाएका हुन्।

अध्यक्ष दाहालले संसद पुनर्स्थापना नभए तोकिएको समयमा चुनाव पनि नहुने ठोकुवा गरे।

‘संसद पुनर्स्थापना नहुुने अवस्था आयो भने सरकारले तोकेको समयमा निर्वाचन हुन्न,’ उनले भने,‘किनभने ६४ प्रतिशतको जनमत आफूहरूसँग रहेको छ हामी जनता र पार्टी दुबैमा आफूहरु अब्बल छौं। त्यसैले चुनाव हुनेमा आफूहरूलाई रतिभर विश्वास छैन।’

उनले देशमा संसद पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेतर्फ समेत सरकारलाई सचेत गराए।

 

प्रचण्डले संसद पुनर्स्थापना हुने बित्तिकै प्रधानमन्त्री ओली समूहमा रहेका ९० प्रतिशत सासंदहरू आफूहरूको पक्षमा आउने जिकिर गरे।

उनले निर्वाचन आयोग नेकपाको दुई समूहको चेपुवामा परेकै कारण आधिकारिक नेकपाको विषयमा यथार्थ निर्णय गर्न नसकिरहेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!