हिपमत डटकम

शुक्रबार, फाल्गुण ०७, २०७७ || 713  पटक पढिएको

पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार राति आक्रमण भएको र त्यसबाट पाँच सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक गम्भीर घाइते भएका छन् ।

सेनाले उक्त इलाकामा थप सैनिक परिचालन गरी आक्रमणकारीको खोजी कार्यलाई तिब्र बनाएको जनाएको छ । उक्त आक्रमणको जिम्मेवारी पाकिस्तानी तेहरिक–ए–तालिबानीले लिएको छ । अफगानिस्तानसँग सीमा जोडिएको दक्षिणी वजिरिस्तान हतियारधारी विद्रोहीहरुको गढका रुपमा चिनिन्छ । तर सरकारले व्यापक सैनिक परिचालन गरी त्यस क्षेत्रमा सक्रिय विद्रोहीलाई निस्तेज बनाउँदै लगेको छ ।

तैपनि, विद्रोहीहरुले बेलाबखत उक्त क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन् । यसै महिनाको शुरुमा पनि दक्षिणी वजिरिस्तानमा सुरक्षाफौज र लडाकूबीच गोली हानाहान भएको थियो । उक्त घटनामा चार जना विद्रोही र चार जना सैनिकको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!