हिपमत डटकम

शुक्रबार, फाल्गुण ०७, २०७७ || 731  पटक पढिएको

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम छरिरहेको बताएका छन् । पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली अहिले पनि साम, दाम दण्ड भेद सवै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लिन रहेको बताएका हुन् ।

‘ओलीले अझै विभिन्न किसिमका भ्रमहरु छरिरहेका छन् । पूर्व एमालेहरु मिल्नुपर्छ । यति मानिस यता आए भनेर व्यापक भ्रम फिजाइरहेका छन् । त्यो भ्रममा नपर्न म सबै केन्द्रीय सदस्यहरुलाई आग्रह गर्छु’, नेपालले बैठकमा भने, ‘यो विचारको लडाई हो ।’

उनले केपी ओली टुक्रेर नेकपाबाट बाहिरिएको भन्दै उनी ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो समाप्त भएको बताए । ‘घाँडो पन्छिएपछि सबै नेता कार्यकर्ताले खुसी प्रकट गरेका छन्’, नेपालको भनाइ छ । उनले आफ्नो नेतृत्वको पार्टीको पक्षमा दुई तिहाई सदस्य हुँदा पनि निर्वाचन आयोगले आधिकारिकता नदिए चुप लागेर नबस्ने चेतावनी दिए । ‘हामीसँग दुई तिहाइ छ । यति हुँदा पनि हामीलाई मान्यता दिइएन भने चुप लागेर बस्दैनौँ । जस्तोसुकै आन्दोलन गर्नुपरेपनि गर्न तयार छौँ,’ अध्यक्ष नेपालले थप थप आन्दोलनको संकेत गरेका थिए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!