हिपमत डटकम

शुक्रबार, फाल्गुण ०७, २०७७ || 477  पटक पढिएको

नेकपा प्रचण्ड–माधव पक्षले बोलाएको आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए ।

बैठकमा पछिल्लो अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो विकसित राजनीतिक घट्नाक्रमका विषयमा ब्रिफिङ गरिरहेका छन् । प्रचण्ड माधव पक्षले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको थियो ।

बैठकको निर्णयअनुसार आधिकारिकताका लागि निर्वाचन जाने नजाने टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर बैशाखमा निर्वाचन घोषणा गरेपछि राजनीतिक रुपमा विभाजित नेकपाले विभाजनको कानुनी मान्यता पाइसकेको छैन । कानुनी मान्यताका लागि बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव पक्षले नेकपाको आधिकारिकता र सूर्य चिन्ह दावी गरेपनि निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!