हिपमत डटकम

बुधबार, फाल्गुण ०५, २०७७ || 661  पटक पढिएको

रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले २५ लाख मूल्य बराबरको विददेशी घडीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बोर्डर आउटपोष्ट रामपुरका सशस्त्र प्रहरी हवल्दार विनोद बुढाथोकीको कमान्डमा गएको गस्ति टोलीले ईशनाथ नगरपालिका ४ बाट गौर नपा ५ पोखरियाका १९ वर्षीय निजामुदिन खानलाई मंगलबार साँझ ७ बजे पक्राउ गरेको हो ।

ना ३९ प ६७८३ नम्बरको स्पलेण्डर मोटरसाइकलमा भारतबाट नेपाल आउने क्रममा शंका लागेर खानमाथि चेकजाँच गर्दा १४ थान घडी बरामद भएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा गौरका डिएसपी प्रमोद भारतीले जानकारी दिए । बरामद घडीको मूल्य २४ लाख ६३ हजार ३ सय र मोटरसाइकलको मूल्य ७५ हजार गरी कूल २५ लाख ४८ हजार ३ सय रुपैयाँ पर्न जान्छ । खानलाई कार्वाहीको लागि आज जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डिएसपी भारतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!