हिपमत डटकम

मंगलबार, फाल्गुण ०४, २०७७ || 761  पटक पढिएको

चीनले करोडौं डलरको ठगी प्रकरणका नेतालाई पक्राउ गरेको छ । यस ठगी योजनाअन्तर्गत कोभिड–१९ को भ्याक्सिन भन्दै स्लाइन सोलुसन र मिनिरन वाटरलाई सुईमा हालेर बेचिएको थियो । कोङ नामक गरेका व्यक्तिले वास्तविक भ्याक्सिनको प्याकेज डिजाइनबारे अध्ययन गरेका थिए, त्यसपछि त्यस्तै डिजाइनमा ५८ हजारभन्दा धेरै नक्कली खोप आफैं उत्पादन गरे ।

यसमध्ये धेरै खोपहरु विदेशमा तस्करी गरियो, तर कहाँ पठाइयो भन्ने खुलेको छैन । नक्कली खोपकै तस्करीमा पक्राउ परेका ७० व्यक्तिमध्ये कोङ एक हुन् । चीन सरकारले नक्कली खोपको वितरणलाई ध्वस्त पार्ने वाचा गरेयता यसमा संलग्नहरु निरन्तर पक्राउ परिरहेका छन् ।

अदालतका अनुसार कोङ र उनको टोलीले स्लाईन सोलुसन र मिनिरल वाटरलाई सुईमा हालेर कोभिड खोप भन्दै गत अगस्टदेखि बेचिरहेको थियो, यसबापत उनीहरुको टोलीले १ करोड ८० लाख युआन ( २७ लाख ८० हजार डलर) फाइदा कमाए ।

विदेशमा निर्यात गर्नुअघि यस्ता ६ सय खोप हङकङमा गत वर्ष पठाइएको थियो ।
वास्तविक निर्माताहरुका आन्तरिक च्यानलहरुमार्फत माग भएको खोपको विवरणलाई आधार मानेर यी नक्कली खोपहरु बिक्री गरिएको थियो । त्यसैगरी, अस्पतालहरुमा सोचेभन्दा बढी मूल्यमा पनि यी खोप बिक्री भएका थिए । त्यसैगरी, गाउँमा मानिसहरुलाई नक्कली खोप लगाएको आरोपमा पनि ‘नक्कली डाक्टर’ हरु पक्राउ परेका छन् ।

चीनको सर्वोच्च न्यायिक निकायले यस्ता गतिविधि बन्द गर्नका लागि क्षेत्रीय एजेन्सीहरुले प्रहरीसँग समन्वय गर्नुपर्ने पनि जनाएको छ ।

चिनियाँ अधिकारीहरुले गत साता लुनार नयाँ वर्षअघिसम्म १० करोड जनतालाई खोप लगाउने आशा गरेका थिए, यद्यपी अहिलेसम्म ४ करोडलाई मात्रै खोप लगाइएको छ । यद्यपी, कडा लकडाउन, परीक्षण र ट्रेसिङका कारण चीनले ठूलो रुपमा कोरोनालाई नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!