हिपमत डटकम

सोमबार, फाल्गुण ०३, २०७७ || 764  पटक पढिएको

अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस) विद्रोही समूहका सात जना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ ।

प्रान्तीय राजधानी जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतङ्ककारी लुकेर बसेको आखाडालक्षित भएको सुरक्षा कारबाहीमा एक आत्मघाती बम आक्रमणकारीलगायत आइएसका सात लडाकू मारिएका समाचारमा जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षा अधिकारीहरुले चार ओटा आत्मघाती भेस्ट, तीन ओटा एके–४७ राइफल र विस्फोटक पदार्थ र हाते ग्रेनेडसमेत कब्जा लिएको जनाइएको छ । नान्गार्हार प्रान्तको यस भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने कारबाहीका बारेमा केही बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!