हिपमत डटकम

सोमबार, फाल्गुण ०३, २०७७ || 1817  पटक पढिएको

प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुरमा पक्राउ गरेपछि सामाजिक स‌ञ्जालदेखि चियापसलसम्मको उनको बारेमा चर्चा परिचर्चा सुरु भयो ।

नेकपा दाहाल-नेपालकी केन्द्रीय सदस्य झाँक्रीलाई पक्राउ गरेपछि विभिन्न दलका नेताहरुले नागरिकको स्वतन्त्रता हनन भएको भन्दै सरकारको आलोचना गरे।

गिरफ्तारी दिनुअघि उनले राज्यले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध अंकुश लगाउन खोजेको आरोप लगाएकी थिइन्। उनलाई राज्यविरुद्धको कसुर दफा ५८ बमोजिम पक्राउपुर्जी दिइएको छ। तर चर्को बिरोधपछि प्रहरीले सोहि दिन बेलुका रिहा गरिदियो । त्यसपछि झाँक्रीको झनै चर्चा चुलियो ।

को हुन् रामकुमारी झाँक्री ?

विंस २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्म भएको हो ।
हालै विघटन भएको प्रतिनिधिसभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट सांसद् थिइन्।

उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी हुन्। उनि ११ औं वैवाहिक वर्षगाठकै दिन नै पक्राउ परेकी थिइन् ।

हाल उनी नेकपाको प्रचण्ड-नेपाल खेमामा रहेकी उनी पार्टीको केन्द्रीय सदस्य हुन्।

उनी विद्यार्थी राजनीति पृष्ठभूमिबाट आएकी हुन्। २०६५ सालमा तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा-महाधिवेसनबाट उनी अध्यक्ष भएकी थिइन्।

सो पदमा निर्वाचित हुने उनी पहिलो महिला बनेकी थिइन्। त्यसपछि राजनितीमा उनको चर्चा चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!