८७ वटा पोर्न भिडियो सुट गरेर अपलोड गरेको आरोपमा पक्राउ परेकी गहना वरिष्ठमाथि अर्को एउटा आरोप पनि लागेको छ । गहना वरिष्ठ र तीन अन्य व्यक्तिमाथि एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लागेको छ । यति मात्रै होइन गहना वरिष्ठ र ती तीन व्यक्तिमाथि महिलालाई गलत तरिकाले कैद गरेको आरोप पनि लागेको छ ।

२४ वर्षीया मोडलका अनुसार उनलाई एक भिडियोका लागि तीन पुरुषसँग यौन गतिविधि गर्न बाध्य बनाइएको थियो । स्मरण रहोस्, गहना वशिष्ठलाई पोर्न भिडियो सुट गरेको अपलोड गरेको आरोपमा गत शनिबार मुम्बई प्रहरीले पक्राउ गरेको थियो । यो मामिलामा अन्य एक आरोपी उमेश कामतलाई पनि पक्राउ गरिएको छ ।

स्मरण रहोस्, यो मामिलामा शिल्पा शेट्टीका श्रीमान् र व्यापारी राज कुन्द्राको कम्पनी एमडीमा पनि यस्ता गतिविधिमा समावेश भएको आरोप लागेको थियो । यद्यपि, कुन्द्राको समूहले यसमा कुन्द्रा समावेश नभएको स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!