हिपमत डटकम

शनिबार, फाल्गुण ०१, २०७७ || 738  पटक पढिएको

नेकपा ओली समूहले शनिबार तामझामका साथ बुटवलमा आमसभा गर्न लागेको छ । कार्यक्रमलाई सफल बनाउन भन्दै लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नेता कार्यकर्ताले कुनै कसर बाँकी राखेका छैनन् भने आमसभा खर्चिलो बन्ने देखिएको एक नेताले बताए ।
उसो त काठमाडौंमा भएको प्रचण्ड नेपाल पक्षको विरोधसभालाई चुनौती दिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आमसभा कस्तो हुन्छ भनेर हेर्न बुटवलमा आउन भनेका थिए ।

प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रमका लागि निकै खर्च गरेर प्रचार प्रसार गरिएको छ भने कार्यकर्ता तथा सर्वसाधारणलाई जिल्लाजिल्लाबाट बुटवल ल्याइएको छ ।

यस्तै सरकारी गाडीको दुरुपयोग भएको छ भने प्रचारप्रसारका लागि रुपन्देही नवलपरासी र कपिलवस्तु सम्मको रेडियो तथा टेलिभिजन प्रयोग गर्नुका साथै प्रत्यक्ष प्रसारण समेत गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!