प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मेको प्रमाण खोज्नेलाई अब को सुडाइसुडेनी खोज्न जाऔँ ? भनेर प्रश्न गरेका छन् ।

शनिबार बुटवलमा लुम्बिनी केवलकार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

‘अस्ति एकजना मान्छेले भाषण गर्दाखेरि भन्नुभयो, केपी ओलीले राम जन्मभूमिमा राम र सीताको मन्दिर बनाउने, त्यहाँ प्रतिमा बनाउने भन्ने सुन्दैछु । तर त्यो भन्दा अगाडि प्रमाणित गर्नुपर्यो नि राम त्यहीँ जन्मेका थिए भनेर’, ओलीले प्रचण्डको नाम उच्चारण नगरी भने, ‘अब म त्यसबेलाका सुडाइसुडेनी खोजेर ल्याउ कि ? के-के खोजेर ल्याउ ? अँ, हो कौशल्याले राम जन्माउँदा मै सुडेनी थिएँ भनेर भन्ने को फेला पर्ला ?बडा गाह्रो प्रश्न उहाँले राख्नुभयो ।’
गत माघ २८ गते काठमाडौँमा गरेको बृहद् विरोध सभामा नेकपा प्रचण्डले राम चितवनमै जन्मेको हो भन्ने पुष्टि गर्न चुनौति दिएका थिए । ओलीले त्यसैको जवाफ शनिबार दिएका हुन् ।

प्रधानमन्त्री ओलीले रामजन्म भूमि चितवन नै भएको भन्दै भने, ‘संसारमा अरु कुनै ठाउँमा राम जन्मभूमि भनेर प्रमाणित भएको छैन । फैजावाद डेढ सय वर्षसम्म अयोध्या नामै थिएन । अनि अयोध्यापुरी जहाँ राम जन्मेको थिए प्रमाण चाहियो फेरि ?’

उनले कतिपय कुरा श्रुती र दर्शनको निरन्तरताको आधारमा पुष्टि गर्न सकिने पनि बताए । ‘अरु मेसोपोटायामियाको जस्तो माटाको हाँडी जस्तो खोजेर भेटिँदैन । यो १२, १५ हजार बर्ष अघिको कुरा हो’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!