हिपमत डटकम

शुक्रबार, माघ ३०, २०७७ || 883  पटक पढिएको

बालिका बलात्कारको आरोपमा प्रहरीले धनुषामा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् । प्रहरीका अनुसार मुस्कान खातुनले १३ वर्षकी बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौनधन्दामा लगाउने गरेकी थिइन् ।

खातुन लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यस क्रममा मुस्कानले यादव समेतलाई कोठामा बोलाई पीडित बालिकासँग यौन सम्बन्ध राख्न लगाएको प्रहरीको भनाइ छ । पटक–पटकको बलात्कारपछि बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पाएको थियो ।

प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार रहेका खातुन र यादवलाई बिहीबार राति धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए । पक्राउ परेका दुबै जना स्थानीय हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!