हिजो माधव तथा पुष्पकमल दहाल समुहको नेकपाले आयोजना गरेको बिरोध सभामा राष्टपतिको मान हानि हुने गरि बोलेको भन्दै नेकपाकी नेत्री रामकुमारी झाक्रीलाई आज घरबाट नै पक्राउ गरेपछि बिवेकसिल साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले सामाजिक संजाल फेसबुकमा आफ्नो प्रतिक्रिया जनाउदै रामकुमारी झाक्रीलाई बिना सर्त रिहा गर्न माग गरेका छन्।
संयोजक रबिन्द्र मिश्रको फेसबुक स्टाटस यस्तो रहेको छ
झाँक्रीलाई विना शर्त रिहा गर!
जब देशको नेतृत्व गर्नेहरूले राजनीतिको समग्र स्तरलाई रसातलमा पुर्याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ, न कर्ममा कानून हुन्छ।
‘रसातलको राजनीति’लाई सफा नगरेसम्म घटना बदलिन्छ, प्रवृत्ति बदलिँदैन। झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दिर्घकालिनरुपमा घातक छन्। उनलाई कानून लाग्छ कि लाग्दैन?