हिपमत डटकम

बिहिबार, माघ २९, २०७७ || 906  पटक पढिएको

जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश नम्बर १ मा समायोजनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

जसपा नेपालले अहिले जिल्ला तथा पालिकामा समायोजनका कार्य गरिरहेका छन् । त्यही अवस्थामा सुनसरीमा समायोजन निर्देशिका बमोजिम नभएको भन्दै पूर्व राजपा नेपालका केही नेताहरुले त्यसको विरोध गरेका छन् ।
जसपा नेपालका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले प्रदेश १ मा गएर सुनसरी जिल्लामा समायोजन गराउँदै समायोजन समितिमा रहेका नेताहरुलाई सोध्दै नसोधी समिति बनाएको आरोप जसपा नेपालका केन्द्रीय सदस्य सन्तोष मेहताले लगाएका छन् ।

सुनसरी जिल्ला जसपा समायोजन सहजीकरण कार्यदलका सदस्य सन्तोष मेहता र मनिष प्रसाद रौनियारले एक विज्ञप्ति जारी गरी समायोजनप्रति आपत्ति जनाएका हुन् । तत्कालिन समाजवादी पार्टी र राजपा नेपालबीचको समायोजन निर्देशिका, विधान र समायेजन सम्बन्धि पूरक सर्कुलरको अवज्ञा गर्दै अहिलेको अवस्थामा प्रतिगामी शक्तिलाई बल पुग्ने गरी समायोजन सहजीकरण कार्यदल बीच सहमति समेत नगरी समायोजन गरेको आरोप उनीहरुले लगाएका छन् ।

जसपा नेपालका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले केही आफ्ना नजिकका मान्छेलाई टिपेर समितिमा राखेको आरोप लगाँदै राजपाको जिल्ला समिति पक्षलाई वेवास्ता गरेको आरोप उनीहरुले लगाएका छन् । एकतर्फीमा गरिएको यो समायोजनलाई पूर्व राजपा नेपाल पक्षले नमान्ने घोषणा पनि गरेको छ । महेन्द्र राय यादव पनि पूर्व राजपा पक्षका नै हुनु तर पार्टी एकीकरण भएपछि उनी उपेन्द्र यादवको पक्षमा लागेका छन् ।

महेन्द्र राय यादवको उपस्थितिमा भएको त्यस्तो निर्णयको जनता समाजवादी युवा संघ नेपाल प्रदेश १ ले पनि विरोध जनाएको छ । नेता यादव प्रदेश १ मा आएर पार्टीको अनुशासन विपरित काम गरेको भन्दै त्यसको विरोध गरिएको छ । पूर्व राजपा नेपालका नेता भएर प्रदेश १ मा राजपा नेपालको संगठन नै नरहेको अभिव्यक्ति दिनु आफ्नै पार्टीलाई आफै कमजोर गर्न खोजेको देखिएको आरोप युवा संघले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!