हिपमत डटकम

बिहिबार, माघ २९, २०७७ || 1130  पटक पढिएको

जहदा गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई दुई युवाले अपहरण गरी बलात्कार गरेका छन् ।

किशोरी पिसाब फेर्न सोमबार राति ९ः३० बजेतिर घरबाट बाहिर निस्केको मौका छोपी मोटरसाइकलमा छिमेकी टोलबाट आएका जितेश यादव र अजय बैठाले नियन्त्रणमा लिई भेडियारी नजिक मकैबारीमा पुर्‍याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । ‘उनीहरूले मुख थुनेर मकैबारीमा पुर्‍याए,’ पीडित किशोरीले प्रहरीलाई भनेकी छन्, ‘मार्ने धम्की दिँदै जबर्जस्ती गरे ।’

ती युवाले बलात्कारपछि किशोरीलाई मोटरसाइकलमै राखेर घरभन्दा केही पर ल्याएर छाडिदिएका थिए । स्थानीय वीरेन्द्र राजवंशीले दुवै युवा दिउँसैदेखि टोलमा घुमिरहेको र राति सडकमा मोटरसाइकल रोकेर गफ गरिरहेको देखेको बताए । उनले किशोरीलाई मोटरसाइकलमा लगेको थाहा पाएपछि टोलभरिका मानिस मिलेर खोज्न थाले पनि फेला पार्न नसकेको बताए । ‘दुई घण्टापछि उनी रुँदै आएपछि हामीले प्रहरीलाई खबर गर्‍यौं,’ राजवंशीले भने । प्रहरीले खोज्दै जाँदा ती युवाले प्रयोग गरेको को२२प १८१६ नम्बरको मोटरसाइकल स्थानीय उदितचन्द यादवको घर आँगनबाट फेला परेको थियो ।

‘गाउँलेले राति १ बजेतिर हामीलाई खबर गरेका थिए,’ इलाका प्रहरी रानीका प्रहरी निरीक्षक दीपक थापाले भने, ‘तत्काल खटिएको प्रहरी टोलीले मोटरसाइकल बरामद गर्‍यो । ती दुवै युवा भारततर्फ भागेकाले पक्राउ गर्न सकेका छैनौं । खोजी भइरहेको छ ।’ उनले पीडितको किटानी जाहेरी आइसकेको जानकारी पनि दिए ।

बलात्कारपछि बेहोस फेला

कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरी किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । कानेपोखरीमा गत बिहीबार राति १७ वर्षीया किशोरी बेहोस अवस्थामा फेला परेपछि अनुसन्धान गर्ने क्रममा उनलाई चौधरीले बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । ‘घटनाबारे थप अनुसन्धान गर्दै छौं,’ उनले भने । घटनाभन्दा दुई साताअघि चौधरीसँग किशोरीको परिचय भएको र चौधरीले गत बिहीबार घरमा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!