निशान कंडेल

बुधबार, माघ २८, २०७७ || 834  पटक पढिएको

काठमाडौं। हाल अमेरिकामा बस्दै आएका गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत जुटौं अब त उठौं अब तको भिडियो दर्शकमाझ आएको छ । निर्मलले यो गीतको रेकर्ड पनि अमेरिकाको क्यालिफोर्नियाँमा गरेका हुन् । गीतको रेकर्डिस्ट मुस्कान बलमपाकी हुन् ।
यो गीतमा संगीत पनि निर्मलकै रहेको छ । गीतको रचना गीता बजगाईंले गरेकी हुन् । गीतको संगीत संयोजन र मिक्सिङ विष्णु अधिकारीले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक एवम् चलचित्र निर्देशक राजेश थापाले गरेका हुन् । थापाले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् । मुलत भारतले कब्जा गरेको नेपालको लिम्पिया धुरा, लिपुलेक र कालापानी जस्ता भूभाग हाम्रै हो भन्ने भावमा यो गीत तयार गरिएको हो । त्यो भूभाव नेपालको हो भनेर भिडियोमा निर्देशक थापाले उठान र पुष्टी गरेका छन् ।

यो गीतको भिडियोलाई नगेन्द्र राईले छायाँकन गरेका हुन् । भिडियो नृत्य कोरियोग्राफी पनि राईकै हो । जसमा किशोर खनालको सम्पादन रहेको छ । यो गीतको भिडियोलाई विकल्प फाउन्डेसनको युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो गीतको भिडियोमा नेपालका विभिन्न सम्पाद, संस्कृति, प्राकृतिक सुन्दता, भेषभुषा, नृत्य प्रस्तुत गरिएको छ । देशभक्ति यो गीतको भिडियो पनि थापाले त्यत्तिकै आकर्षक बनाएका छन् ।

यस अघि नेपाल टेलिभिजनमा श्रष्टा आवाज कार्यक्रम निर्माता प्रस्तोताको रुपमा रहँदा निर्देशक राजेश थापाले ४४ वटा राष्ट्रिय भाव तथा जागरण गीतहरुको म्युजिक भिडियो निर्माण गरेका थिए । त्यसपछि पनि उनी यस्ता राष्ट्रिय भाव तथा जागरण गीतको भिडियो निर्देशनमा छन् । अन्य फुटकर एक दर्जन म्युजिक भिडियो निर्देशन गरेका थापाले यसपटक यो देशभक्ति भावको गीतको भिडियो ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!