हिपमत डटकम

मंगलबार, माघ २७, २०७७ || 649  पटक पढिएको

ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाईनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै विभिन्न बैंकहरुको खाता नम्बर दिएर पैसा ठगी गर्ने गरेको अभियोगमा अर्जुनधाराका २९ वर्षीय पंकज पौडेली विकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका–२ चारपानेबाट पंकजलाई पक्राउ गरेको जनाएको छ ।

उनको साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ, १ थान सवारी दर्ता किताब, विनोद काफ्लेको नामको सवारी चालक अनुमतिपत्र, अनिल बस्नेत नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी पंकजको घरबाट नगद २ लाख ८ हजार २ सय र उनको घर पछाडि रहेको गाई ग्वालीको गोवरको थुप्रोभित्र फेला परेको लेडिज झोलाबाट नगद ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ प्रहरीले बरामद गरेको जानकारी दिएको छ ।
उनलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!