हिपमत डटकम

मंगलबार, माघ २७, २०७७ || 614  पटक पढिएको

इरानी नेता आयतोल्लाह खामेनीले अमेरिकाले आफ्नो देशविरुद्ध लगाएका सम्पूर्ण प्रतिबन्धहरू हटाएको खण्डमा मात्र आफूहरूले सन् २०१५ को परमाणु सम्झौताको पूर्ण पालना गर्ने बताएका छन् । त्यसका लागि पश्चिमा देशले अमेरिकालाई पहल गर्नुपर्ने खामेनीको भनाइ छ ।राज्य सञ्चालित तस्निम समाचार संस्थाका अनुसार खामेनीले इरानी हवाई सेनाका कमान्डरहरूलाई सम्बोधन गर्दै उक्त माग अघि सारेका हुन् ।

‘उनीहरू (युरोपेली मुलुक) ले यदि इरान सन् २०१५ मा विश्वका प्रमुख शक्ति राष्ट्रहरूसँग गरेको बृहत् कार्ययोजनामा फर्कन चाहन्छन् भने उनीहरूले अमेरिकालाई इरानमाथिका सम्पूर्ण प्रतिबन्ध पूर्ण रूपमा हटाउन पहल गरून्,’ खामेनीले भने ।

यदि इरानमाथि अमेरिकाले लगाएका सबै प्रतिबन्धहरू प्रभावकारी रूपमा हटेको पाइएमा इरान परमाणु सम्झौता मान्न तयार रहेको खामेनीले प्रस्ट पारेका छन् । ‘इरानको आधिकारिक नीति पक्कै पनि यही हो । राजनीतिक नेताहरूसँग गरेको सहमति निश्चित रूपमा कार्यान्वयनमा जानुपर्छ तर सहमतिको अर्को पक्षले पनि यसलाई पालना गर्नुपर्छ,’ उनले भने ।

अमेरिकामा जो बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै निवर्तमान राष्ट्रपति जो बाइडेनका कतिपय नीतिहरू उल्ट्याइरहेका सन्दर्भमा खामेनीले नयाँ माग सार्वजनिक गरेका हुन् । यसको अर्थ खामेनी बाइडेन प्रशासनमार्फत अमेरिकासँग सम्बन्ध सुधारका लागि इच्छुक देखिएका जनाइएको छ ।

अमेरिका र उसका युरोपेली सहयोगीहरूले सबै प्रतिबद्धताहरूको उल्लंघन गरेको दाबी गर्दै खामेनीले भने, ‘इरानमाथि यथास्थितिमा कुनै पनि सर्तहरू राख्ने अधिकार उनीहरूलाई छैन ।’ सुरुदेखि नै आफ्ना सबै दायित्वहरू इरानले पूरा गरेको दाबी गर्दै खामेनीले भनेका छन्, इरानले मात्र सम्झौताको सर्त तय गर्ने अधिकार पाएको छ ।

सन् २०१५ मा इरान र अमेरिका, बेलायत, रूस, फ्रान्स, चीन, जर्मनी र युरोपेली संघबीच इरानमाथिका आर्थिक प्रतिबन्ध हटाउने सहमतिपछि तेहरानले आफ्नो परमाणु कार्यक्रमका केही अंशलाई कम गर्न वा फिर्ता लिन सहमत भएको थियो ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा सम्झौताबाट पछि हट्ने निर्णय गरेका थिए । त्यसका साथै ट्रम्पले इरानविरुद्ध आर्थिकलगायत प्रतिबन्धको घोषणा गरेका थिए । परमाणु सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरेपछि इरानले पनि सम्झौताका बुँदाहरूबाट क्रमशः पछि हट्ने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!