हिपमत डटकम

मंगलबार, माघ २७, २०७७ || 536  पटक पढिएको

झापाको दुई छुट्टाछुट्टै स्थानबाट बुधवार दिउँसो नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-७ गैह्रीगाउँबाट मेचीनगर नगरपालिका-६ का २४ बर्षीय सुरज खड्कालाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट स्थानीय २८ बर्षीय प्रकाश लिम्बुलाई १८ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!