हिपमत डटकम

सोमबार, माघ २६, २०७७ || 1263  पटक पढिएको

१ लाख ९३ हजार नेपाली रुपैयाँ बराबरको नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले आइतबार राति करिब साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका– १३ राधेमाईस्थित सडकखण्डमा बि.आर ०५ एम ६०९७ नम्बरको मोटरसाइकल रोकेर चेक गर्दा नक्कली रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मोटरसाइकलको भाइजरभित्र लुकाएर राखिएको अवस्थामा एक हजार दरको एक सय ९३ थान नेपाली नोट बरामद भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दीपककुमार साहले जनाए ।

‘विशेष सूचनाको आधारमा भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई चेक गर्दा ट्यांकी नजिकैको भाइजरमुनिबाट १ लाख ९३ हजार रुपैयाँ बरामद भएको हो,’ इन्सपेक्टर साहले भने, ‘सक्कली झँै देखिने उक्त रुपैयाँ परीक्षण गर्दा नक्कली रहेको पाइयो ।’

मोटरसाइकलमा सवार भारत विहारको रक्सौल निवासी २२ वर्षीय अमनदीपकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जनाए । नक्कली रुपैयाँसहित पक्राउ परेका सिंहबाट तीन ग्राम लागूऔषध खैरो हिरोइनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!