हिपमत डटकम

शुक्रबार, माघ २३, २०७७ || 577  पटक पढिएको

यहाँस्थित पाकिस्तानी राजदूतावासले काश्मिरीहरूको जनमतसङ्ग्रहको चाहनाप्रति ऐक्यबद्धता जनाउँदै ऐक्यबद्धता दिवस मनाएको छ । त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत तोकिनुभएका सैद हैदर शाहले सात दशकभन्दा बढी समयदेखि समाधान नभएको काश्मिर विवाद जनमतसङ्ग्रहबाट समाधान गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति राष्ट्रसङ्घसमक्ष गरिएको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने बताए ।

उनले विश्व शान्ति र स्थायित्वका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने दायित्व बोकेका विश्व संस्थाले पनि आफ्नो उत्तरदायित्वबाट विमुख हुन नहुने विचार व्यक्त गर्दै काश्मिर समस्या समाधान गर्न अन्तरराष्ट्रिय समुदायको प्रभावकारी भूमिकाको अपेक्षा पाकिस्तानले गरेको बताए ।

सन् १९४८ मा राष्ट्रसङ्घ सुरक्षा परिषद्ले काश्मिरमा जनमतसङ्ग्रह गराउने प्रस्ताव पारित गरेको तथा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको वास्तविकता प्रस्तुत गर्दै उनले राष्ट्रसङ्घको पारित प्रस्ताव कार्यान्वयन हुनुपर्ने दोहोर्याए ।

त्यसअघि काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह मेहमुद कुरेसीले जारी गर्नुभएको सन्देश वाचन गरिएको तथा काश्मिरको पछिल्ला स्थिति झल्किने वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

दक्षिण एशियाको शान्ति, विकास र स्थायित्वका लागि भारत पाकिस्तानबीचको विवाद चाँडो अन्त्य हुनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी तथा पत्रकारको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!