हिपमत डटकम

बुधबार, माघ २१, २०७७ || 719  पटक पढिएको

सुनसरीको इनरुवास्थित बलाहा नहर क्षेत्र चेक पोइन्टमा राखेको ब्यारिकेड भत्काउँदै भागेको जीपबाट सुनसरी प्रहरीले २ सय ५० किलो गाँजासहित १ लाख ५४ हजार नगद बरामद गरेको छ ।

प्रहरीले को १ च ९८५२ नम्बरको जीप पनि नियन्त्रणमा लिएको छ । प्रहरीले गाँजासहित भोजपुर हतुवागढी– ९ बस्ने अर्जुन खड्का र धरान– १ बस्ने ज्याक्सन श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले सुनसरीबाट यति धेरै परिणाममा गाँजा बरामद गरेको यो पहिलो हो ।

ब्यारिकेड नै भत्काएर भागेपछि जीप नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाइफायर गर्नुपरेको सुनसरीका प्रहरी प्रमुख कमल थापाले बताए । उनका अुनसार गाँजा तस्करी भइरहेको सुराकीको आधारमा प्रहरीले मंगलबार मध्यराति विभिन्न स्थानमा चेक पोइन्ट राखेको थियो । सो क्रममा जीपले प्रहरीको ब्यारिकेड समेतलाई ठक्कर दिँदै भागेको प्रहरी प्रमुख थापाले बताए ।

उनका अनुसार गाँजा तस्करहरु जीपमा भाग्ने क्रममा दुईवटा मोटरसाइकल समेतलाई ठक्कर दिएका थिए । ब्यारिकेड उछिट्टिएर ड्यूटीमा खटिएका प्रहरी जवान उदय राई घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजा तस्करहरुले धनकुटा लगायतका क्षेत्रबाट कोशी नदी हुँदै सुनसरीको चतरासम्म ल्याइएको गाँजा गाडीमा हाली भारततर्फ लैजान खोजिएको हुन सक्ने अनुमान गरेको छ । प्रहरीले पक्राउ परेका खड्का र श्रेष्ठलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । दुवैलाई सुनसरी जिल्ला अदालतबाट बुधबार ८ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!