हिपमत डटकम

बुधबार, माघ २१, २०७७ || 989  पटक पढिएको

सैनिक ‘कु’ को शिकार बनेकी नेतृ आङ सान सुकीविरुद्ध म्यान्मारको प्रहरीले मुद्दा चलाएको छ । आयात–निर्यात कानून तोडेको अभियोग लगाउँदै सुकीमाथि मुद्दा चलाइएको हो । समाचार एजेन्सी रोयटर्सले बुधबार फेला पारेको प्रहरी दस्तावेजअनुसा सुकीलाई १५ फेब्रुअरीसम्म हिरासतमा राख्न पनि निर्देशन दिइएको छ ।

राजधानी नेपिदोस्थित प्रहरी स्टेशनबाट प्राप्त दस्तावेजअनुसार सुकीको घरमा छापा मारेका सैन्य अधिकारीहरुले यसक्रममा हाते रेडियोहरु बरामद गरेका छन् । यी रेडियोहरु अवैधाकि रुपमा आयात गरिएको र बिना अनुमति प्रयोग गरिएको दस्तावेजमा उल्लेख छ । अपदस्थ राष्ट्रपति विन माइन्टविरुद्ध पनि प्राकृतिक विपद् व्यवस्थापन कानूनअन्तर्गत प्रहरीले अभियोग दर्ता गराएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!