जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र मानिएका डा.शिवजी यादव नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली समूह) मा प्रवेश गरेका छन् ।

जसपा नेपालका केन्द्रीय सदस्य तथा अनुशासन विभागका प्रमुख समेत रहेका डा.शिवजी यादव आजै नेकपा ओली समूहमा प्रवेश गरेका हुन् । उनले भने, ‘मैले उपेन्द्र यादवलाई धेरै सहयोग गरे, उहाँको सहयोगी भएर काम गरेँ तर उहाँले मलाई कहिले स्वीकार गर्नुभएन, उपेन्द्र यादवको रवैया कारण पार्टी छाडेको हुँ अरु कुनै कारण छैन ।’

नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको मुद्दाप्रति गम्भीर रहेको भन्दै उनले मधेशको विकास र अधिकारका लागि काम गर्ने प्रतिवद्धता जनाएको कारण आफू पार्टीमा प्रवेश गरेको बताए ।

पार्टीमा प्रवेश गरेपछि उनले मधेशका लागि प्रधानमन्त्री ओलीले राम्रो गर्ने बताए । प्रधानमन्त्री ओलीले नयाँ जनादेशमा जानेबारे गरेका निर्णयलाई आफूले स्वागत गरेको पनि उनले बताए ।
उनले मधेशी नेताहरुले आजसम्म मधेशी जनतालाई लडाएर त्यसको नाममा राजनीति गरेको बताउँदै आउने दिनमा सबै कुरा विस्तारै खुल्दै जाने बताए ।

उनले जसपा नेपालका थुप्रै नेताहरु निकट भविष्यमा नेकपा ओली समूहमा प्रवेश गर्न लागेको समेत दावी गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!