अभिनेता सञ्जय दत्त र साउथ सुपरस्टार यशको फिल्म ‘केजीएफ च्याप्टर २’ चर्चामा छ । यशको फ्यान फ्लोइङ समेत धेरै रहेको छ । उनका एक फ्यानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक चिट्टी लेखेर फिल्म रिलिजको दिन सार्वजनिक विदा दिन समेत अपिल गरेका छन् । फ्यानले प्रधानमन्त्री मोदीलाई लेखेको चिट्टी सोशल मिडियामा भाइरल भइरहेको छ ।

चिट्ठीमा लेखिएको छ ‘सर, हामी सबैलाई थाहा छ यशको फिल्म ‘केजीएफ च्याप्टर २’ १६ जुलाई २०२१ मा रिलिज हुँदैछ । मानिसहरु फिल्मको प्रतिक्षा गरिरहेका छन् । हामी तपाईलाई अपिल गर्दछौ । त्यो दिन राष्ट्रिय विदा घोषणा गर्दिनुस् । हाम्रो भावनालाई सम्झनुस् । यो फिल्म मात्र होइन । यो हाम्रो इमोसन पनि हो ।’

फिल्ममा यश र सञ्जय दत्तका अलवा श्रीनिधि शेट्टी, रविना टन्डनको पनि मुख्य भूमिका रहेको छ । निर्माण युनिटले केही दिन अगाडि फिल्म रिलिज मिति घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!