हिपमत डटकम

मंगलबार, माघ २०, २०७७ || 697  पटक पढिएको

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको नक्कली खोप बनाएको भन्दै ८० जनालाई पक्राउ गरेको छ । चिनियाँ समाचार एजेन्सी सिह्वाका अनुसार उनीहरुले तीन हजार डोज कोरोना खोप उत्पादन गरेका थिए । सोमबार प्रकाशित समाचारमा उल्लेख गरिएअनुसार गत सप्टेम्बरदेखि नै उनीहरुले खोप निर्माणको काम गर्दै आएका थिए । चिनियाँ प्रहरीले अहिले सबै नक्कली खोपहरु नष्ट गरिएको बताएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार आरोपीहरुले स्लाइनलाई सिरिन्जमा तानेर नक्कली खोप तयार पार्थे । प्रहरीका अनुसार उनीहरुको उद्देश्य नक्कली विदेश पठाउनु थियो । समाचारमा उल्लेख गरिएअनुसार अहिले चीनले यस विषयमा अनुसन्धान गरिरहेको छ । चीनले आफ्ना नागरिकहरुलाई सिनोभ्याक र सिनोफर्मले बनाएको खोप लगाइरहेको छ । यी खोपले टर्की, ब्राजिल, यूएईलगायत मुलुकमा पनि अनुमति पाइसकेका छन् ।

चिनियाँ प्रहरीले बेइजिङ, सांघाई र शाङडोङ प्रान्तमा चालेको अपरेसनको क्रममा नक्कली खोप बनाउने मानिसहरु पक्राउ परेका हुन् । अहिले विश्वभर कोरोना महामारी अन्त्यको लागि व्यापक मात्रामा खोपको माग भइरहेको छ भने उत्पादकलाई पनि माग धान्न गाह्रो भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!