हिपमत डटकम

मंगलबार, माघ २०, २०७७ || 743  पटक पढिएको

एजेन्सी, । म्यानमारकी नेत्री आङ सान सुचीले नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न आग्रह गरेकी छिन् । नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) को फेसबुक पेजबाट सुकीको प्रतिनिधित्व गर्दै पोस्ट गरेको सन्देशमा नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न र त्यसको प्रतिरोध गर्न आग्रह गरिएको छ ।

सोमबार बिहान राष्ट्रपति विन मिन्टलगायतका नेताहरुसँगै म्यानमारकी स्टेट काउन्सिलर तथा विदेश मन्त्री सुचीलाई पनि सेनाले पनि गिरफ्तार गरेको थियो । गिरफ्तारीपछि सुचीलाई सार्वजनिक रुपमा देखिएको छैन । सुचीले उक्त सन्देशमा भनेकी छिन्, ‘म नागरिकहरुलाई सैनिक ‘कु’ अस्वीकार गर्न आग्रह गर्दछु । साथै उक्त कदमको प्रतिरोधका लागि पनि आग्रह गर्दछु ।’

म्यानमारको सेनाले नेताहरुलाई पक्राउ गरेको केही घण्टापछि सेनाले टेलिभिजनमार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको छ । सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको छ ।सेनाले सोमबारका लागि निर्धारित संसद् बैठक स्थगित गर्न आह्वान गरेको थियो । -Photo: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!