प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्डःमाधव समूहमाथि हिंसात्मक आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् ।
प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेको भन्दै उनले भने, ‘भन्नुको मतलब मांसाहारी । मंसाहारी भन्नुको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला । उहाँले त आदमखोर आन्दोलन गर्न खोज्नुभएको हो । मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको हो ।’

‘म उहाँलाई भन्न चाहन्छु अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन । कुनै धृष्टता नगर्नुहोला । हिजोको जमाना अब होइन ।’
स्व. हेमनारायण यादवको १७ औं स्मृति सभाको अवसरमा सिराहा सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हिजो केपी ओली प्रधानमन्त्री थिएनन् । झुक्याउन सफल हुनुभयो होला । धेरै युवालाई सुन्दर सपना देखाएर लडाइँको मैदानमा सफल हुनुभएको होला । तर अब कोही अलमलिनेवाला छैनन् ।’

प्रचण्डले ४ माघमा आफू निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन, आक्रामक हुनुप¥यो’ भनेका थिए । त्यसको आलोचना भएपछि उनले आफ्नो आशय हिंसात्मक आन्दोलन नभएको बताएका थिए ।
नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना नहुने दाबी गरे । ‘संसद बिघटनलाई असंवैधानिक रहेको तर्क वितर्क गरिरहका छन्,’ उनले भने, ‘संसद विघटन संवैधानिकै छ ।’ नयाँ जनादेशबाट सरकार बन्नुपर्ने भन्दै उनले प्रदेश २ मा पहिलो चरणमै निर्वाचन हुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!