हिपमत डटकम

सोमबार, माघ १९, २०७७ || 641  पटक पढिएको

भारतले नेपाललाई दिने अनुदानको आकार बढाएको छ । सोमबार भारतको संघीय सरकारले घोषणा गरेको बजेटमा नेपाललाई अनुदान दिन ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ छुट्याएको हो । अहिलेका विनिमय दर अनुसार यो रकम १५ अर्ब ८७ करोड नेपाली रुपैयाँ बराबर हुन आउँछ ।

अघिल्लो वर्ष भारतले नेपाललाई अनुदान दिन ८ अर्ब ८० करोड भारतीय रुपैयाँ मात्रै छुट्याएकोे थियो । यो वर्ष अनुदान रकम करिब १२.७२ प्रतिशतले बढेको हो । त्यसो त सन् २०१९ मा नेपाललाई भारतले ११ अर्ब ९८ करोड रुपैयाँ सहयोग गरेको थियो । अहिले घोषणा गरिएको रकम त्यो भन्दा कम हो ।

भारतले भुटान, अफगानिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, माल्म्भिस, म्यान्मार र मंगोलियालाई देश तोकेरै सहयोग गर्दै आएको छ । त्यसबाहेक अफ्रिकी, युरोएशियन, ल्याटिन अमेरिकी लगायत अन्य विकासशील राष्ट्रहरुलाई समेत भारतले सहयोग गर्दै आएको छ । यो वर्ष भुटानलाई सहयोग गर्न सबैभन्दा बढी २१ अर्ब २४ करोड भारु विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!