
समुन्द्री बन्दरगाह काेलकत्तादेखि नेपालकाे सीमानाकाकाे नजिक रहेकाे सिलिगुडीसम्म भारतले राष्ट्रिय राजमार्ग बनाउने भएकाे छ । भारतकाे संघीय बजेटमा नयाँ आर्थिक वर्षका लागि साे याेजना ल्याइएकाे हाे ।
पश्चिम बंगाल लगायत कयाैं राज्यका लागि माेदी सरकारले यस्ताे कार्यक्रम ल्याएकाे छ ।

सरकारले ल्याएकाे कार्यक्रम अनुसार तमिलनाडु राज्यमा नेशनल हाइवे र इकाेनाेमिक करिडाेरका लागि १ लाख ३ हजार कराेड, केरलामा नेशनल हाइवेका लागि ६५ हजार कराेड रुपैयाँ छुट्याइएकाे छ । मुम्बई- कन्या कुमारी इकाेनाेमिक करिडाेरका लागि पनि याे वर्ष नयाँ परियाेजना सार्वजनिक गरिएकाे छ ।
उल्लेखित राज्यमा विधानसभाकाे चुनाव नजिकिएकाे छ । चुनावी राज्यका मतदाता प्रभावित पार्न माेदी सरकारले यस्ताे कदम चालेकाे हाे ।