हिपमत डटकम

आइतबार, माघ १८, २०७७ || 757  पटक पढिएको

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले सत्ता टिकाउनकै लागि निर्वाचन घोषणा गरेको दावी गरेका छन् । रिपोटर्स क्लबले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सो कुरा बताएका हुन् । पूर्वमन्त्री समेत रहेका रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्ब्याउनका लागि मिति घोषणा गरेको दावी गरे । ‘

यो सरकारले निर्वाचनका लागि मिति घोषणा गरेको होइन् । प्रतिनिधिसभा नरहेपछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणा गरेको हो, त्यो बहाना मात्रै हो’ उनले भने । रिजालले ‘न रहे बाँस न रहे बाँसुरी’ को संज्ञा दिँदै ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गरे ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा आफू पूर्ण रुपमा विश्वस्त रहेको उनले बताए । रिजालले विगतका प्रतिकूल अवस्थामा पनि अदालतले सहि निर्णय लिएको स्मरण गर्दै सर्वोच्चले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरे । उनले भने– ‘पञ्चायतकाल होस् या राजा ज्ञानेन्द्रको पालामा होस् अदालतले सही निर्णय गरेको छ । राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ । तसर्थ प्रतिनिधिसभा पुनःस्थापना हुन्छ ।’

उनले अब ओलीको पनि ज्ञानेन्द्र जसरीनै बिदा हुने दिन आउने बताए । सत्तामा आएपछि नियम कानून नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको दावी गर्दै ओलीको पनि त्यही दिन आउने उनले ठोकुवा गरे । लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि काँग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम नसच्चिएसम्म निरन्तर विरोध गरिरहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!