हिपमत डटकम

आइतबार, माघ १८, २०७७ || 461  पटक पढिएको

जापानमा आमाको शवलाई १० वर्षसम्म फ्रिजमा राख्ने एक महिला पक्राउ परेकी छिन् । ४८ वर्षकी युमी योसिनोले १० वर्षअघिदेखि आमाको शवलाई फ्रि’ जमा लुकाएर राखेको स्वीकारेकी हुन् । यी महिलाका अनुसार उनी आमासँग टोकियोस्थित फ्ल्याटमा बस्दै आएकी थिइन् ।

आमाको मृत्युपछि आफु उक्त फ्ल्याटबाट बाहिरिनुपर्ने भय उनलाई थियो । त्यसैले मृत्युको सूूचना लुकाउनका लागि आमाको शवलाई फ्रिजमै लुकाएर राखेको ती महिलालाई उदृत गर्दै जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । शवमा कुनै चोट भने नदेखिएको प्रहरीले जनाएको छ ।

अधिकारीहरुले मृत्युको समय र कारण भने पत्ता लगाउनसक्ने अवस्था छैन । मृत्यु हुँदा आमाको उमेर ६० वर्षको हाराहारीमा हुनसक्ने अनुमान गरिएको छ । अपार्टमेन्टमा भाडा बुुझाउन नसकेपछि मध्य जनवरीमा योसिनो अन्यत्र सर्न बाध्य भइन्, त्यसपछि सरसफाईका लागि आएका व्यक्तिले फ्रिजमा शव भेटे । अनुसन्धानका क्रममा प्रहरीले गत शुक्रबार टोकियो नजिकैको चि वा शहरस्थित एक होटलबाट यो’ सि नोलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!