हिपमत डटकम

आइतबार, माघ १८, २०७७ || 1031  पटक पढिएको

एजेन्सी । भारतको बिहारमा दिवंगत अभिनेता सुशान्त सिंहका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ । शनिबार बिहान ११ः३० बजे बिहारको सहरसामा उनीहरुमाथि गोली प्रहार भएको हो ।

राजकुमार सिंह सुशान्तका आफन्ती भाई हुन् । गोली प्रहारबाट राजकुमार सिंह र उनका सहयोगी गम्भीर घाइते भएका छन् । सरहसामा यामहा कम्पनीको मोटरसाइकल शोरुम चलाउँदै आएका राजकुमार सिंह आफ्ना सहयोगी अली हसनका साथ शोरुम जाने क्रममा उनीमाथि गोली प्रहार भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

उनीहरुमाथि मोटरसाइकलमा आएका तीन जना अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ । गोली लागेका राजकुमार सिंहका सहयोगीको अवस्था निकै गम्भीर भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!