मोडल अनिता गिरीले सातौं नेशनल क्यापिटल अवार्डमा “सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी छन् । उनले ‘लगन जु¥यो’ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन् ।
म्यूजिक भिडियोको दुनियाँमा राज गर्दै गरेकी मोडल अनिता गिरीले चलचित्रमा समेत अभिनय गरिसकेकी छन् ।

दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनले अभिनय गरेको गीत लगन जु¥योबाट अवार्ड चुमिसकेपछि आफूलाई कामप्रति कर्तव्यबोध गराएका उनले बताइन् । अझै अभिनयको क्षमतामाथि चुनौति थपिएको बताउँदै उनले अवार्डले हौसला र प्रोत्साहन मिलेको बताइन् ।

उनले अभिनय गरेको गीतहरु माया सजाएर भर्खरै सार्वजनिक भएको छ । जुन गीतमा उनले एरिन तामाङसँग अभिनय गरेकी छन् । टीका बमजनको शब्द संगीत रहेको उक्त गीतमा जीवन तामाङ र मेचु धिमालले स्वर दिएका छन् । मुलुकभित्र हुने गरेका ब्यूटि प्याजेन्ट कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेकी मोडल अनिताले विज्ञापनहरुमा समेत अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!