राजनीतीक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले प्रधानमन्त्रीले निर्वाचन नगराउने बताएका छन । बुधवार विराटनगरको स्थानीय जनआन्दोलन चौकमा भएको प्रबुद्ध वर्गहरुको खुल्ला पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रधानमन्त्रीको पार्टीले जहिलेसम्म बहुमत ल्याउने देख्नुहुन्न तब सम्म निर्वाचन गर्नु हुन्न बताएका छन् । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युले निर्वाचन गर्छु भन्नु जाली कुरा मात्र हो’ ।

संसदीय दलमा अल्पमतमा परि सक्नु भएका प्रधानमन्त्री ओलीले प्रधामन्त्रीको कुर्सीमा बसेर छुच्चो कुरा गर्न नमिल्ने बताउनुभयो । कोहि कसैलाई लालछाना लगाउने शब्दहरु प्रधानमन्त्रीले व्यक्त गर्नु पदिय मयार्दा भित्र नपर्ने बताउनु भयो । कार्यक्रममा आफ्ना कुरा राख्दै प्रा.डा. मेदनी प्रसाद सेडाईले प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदम सच्याउन आग्रह गर्नुभयो ।

संविधानमै नभएको धारा प्रयोग गरेर संसद विघठन गर्नु भनेको लोकतन्त्र माथी हस्तक्षेप गरेको उहाँको ठहर थियो । त्यस्तै अर्का बुद्धिजिवी प्रा. डा. प्रमोदकुमार झाले प्रधानमन्त्रीको असंबैधानिक कदमबाट मुलुकलाई जोगाउन सबैलाई लागीपर्नु पर्ने बताउनु भयो । कार्यक्रम राजनीतिक विश्लेषक कृष्ण पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!