हिपमत डटकम

बिहिबार, माघ ०८, २०७७ || 909  पटक पढिएको

भारतको उत्तर प्रदेश (यूपी) पुलिस आजकल सिर्जनात्मक देखिँदै छ । यूपी पुलिसले कोरोना संक्रमणको खतराबारे जागरुक गर्नका लागि एक प्रवर्द्धनात्मक भिडियो शेयर गरेको छ । यस भिडियोमा यूपी पुलिसले सोलेका खलपात्र गब्बरको एक दृश्य देखाएको छ । जहाँ, गब्बरले थुकेका छन् । त्यसपछि ठाकुर अर्थात सञ्जवी कुमारले गब्बरलाई लखेट्छन् अनि उनलाई समातेपछि आफ्नो हातले गला दबाउँछन् ।

यस दृश्यको सुरुवात गब्बरले थुकेपछि हुन्छ । त्यसपछि सञ्जीवले उनलाई खेद्छन् । फिल्मको वास्तविक दृश्यलाई हल्का एडिट गरेर यूपी पुलिसले यो भिडियो तयार गरेको हो । कोरोनाबाट मानिसहरुलाई जागरुक गर्नका लागि गरिएको यो सिर्जनशील प्रयासको धेरैले प्रशंशा गरिरहेका छन् ।

भारतका दिग्गज अभिनेता अनुपम खेरले पनि यो भिडियोलाई लाइक गरेका छन् । यस भिडियोको क्याप्सनमा यूपी पुलिसले लेखेको छ, ‘गब्बरलाई कुन कुराको सजाय मिल्यो ?’ भिडियोमै यूपी पुलिसले खुला स्थानमा नथुक्न चेतावनी सन्देश पनि जारी गरेको छ ।

चेतावनी सन्देशमा भनिएको छ,‘सार्वजनकि स्थानमा थुक्दा कोभिड १९ फैलने खतरा बढ्नसक्छ । यो एक दण्डनीय अपराध हो । सार्वजनिक स्थलमा नथुकौं ।’
ट्वीटर प्रयोगकर्ताहरुले यस भिडियोलाई सिर्जनशील भन्दै प्रशंशा गरेका छन् ।

सोले फिल्मलाई लिएर अभिनेता अमिताभ बच्चनले पछिल्ला दिन आफ्नो रियालिटी शो कौन बनेगा करोडपतिमा रोचक खुलासा गरेका थिए । एक दृश्यको सुटिङका दौरान धेरैपटक टेक दिनुपरेपछि हैरान भएर गोली नै चलाएको उनले बताएका थिए । गोली उनको कानको निकै नजिकबाट गएको थियो र उनी भाग्यवस बाँचेका थिए । यस फिल्ममा अमिताभ बच्च र धमेन्द्र मुख्य भूमिकामा थिए ।

अमिताभलाई फिल्ममा आबद्ध गर्नका लागि धमेन्द्रले नै सिफारिस गरेका थिए । जुन कुरा अमिताभले पनि स्विकारेका छन् । यद्यपी, आफ्नो करियरमा कयौं दशक बिताएपछि मात्रै अमिताभले यो कुरा स्विकारेका थिए ।

https://twitter.com/Uppolice/status/1351898897111683072

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!