सिराह जिल्लाको मिर्चैया नगरमालिका वडा नं. ५ थाना चौकमा रहेका ट्राफिक प्रहरी पोष्टले सडक दुर्घटना कम गर्न चेकजाँचमा कडाई गरेका छन ।
सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि मिर्चैया ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् ।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बर विक्रम दियालीले बताउनुभयो ।