हिपमत डटकम

शुक्रबार, माघ ०२, २०७७ || 1013  पटक पढिएको

बलिउड नायक बरुण धवनले जनवरी २४ मा आफ्नी प्रेमिका नताशा दलालसँग बिहे गर्न लागेको भारतीय मिडियाले जनाएका छन् । भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, बरुण र नताशाले जनवरी २४ मा अलिबाग रिसोर्टमा बिहे गर्न लागेका हुन् । बिहेका लागि कार्ड समेत वितरण भैसकेको भारतीय मिडियाको दाबी छ ।

आफ्ना आफन्त र साथीभाइको उपस्थितीमा बरुण र नताशाले बिहे गर्न लागेका हुन् । यसका लागि अलिबागको सम्पूर्ण रिसोर्टहरु बुक गरिएको छ ।

बरुण र नताशाको बिहे समारोह जनवरी २२, २३ र २४ तारिखमा हुनेछ । कोरोना भाइरसका कारण यसको सुरक्षा मापदण्डलाई पछ्याउँदै बरुण र उनको परिवारले करिब ५० जना नजिकका मानिसहरुलाई मात्र बिहेमा निमन्त्रणा गरेको छ ।

बिहेको करिब एक महिनापछि मुम्बइमा बिहे भोजको आयोजना गरिनेछ । बरुण र उनका पिता डेभिड धवन पञ्जाबी शैलीको बिहे रुचाउँछन् । तर, कोरोनाका कारण उनीहरुको यो योजना भने संभव हुन सकेन ।

बरुण र नताशाले बिहेको औपचारिक घोषणा भने गरेका छैनन् । तर, उनीहरुको बिहेको तयारी भने धुमधामसँग चलिरहेको भारतीय मिडियाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!